दफा ५१
दफा ३ उल्लंघन गरेमा सजाय
: (१) कुनै व्यक्तिले देहायको कुनै कसूर गरेमा निजलाई सो कसूरसंग सम्बन्धित प्रत्येक चिठ्ठी वापत बढीमा ने.रु. पच्चीससम्म जरिवाना हुनेछः–
(क) दफा ३ बमोजिमको नेपाल सरकारको एकाधिकार भित्रको कुनै चिट्ठी हुलाक बाहेक अर्कै साधनबाट ओसारेमा, वा
(ख) त्यस्तो एकाधिकार भित्रको कुनै चिट्ठी हुलाक बाहेक अर्कै साधनबाट ओसार्ने कामसँग सम्बन्धित अरु कुनै काम गरेमा, वा
(ग) त्यस्तो एकाधिकार भित्रको कुनै चिट्ठी हुलाक बाहेक अर्कै साधनबाट पठाएमा वा पठाउनको निमित्त दिएमा वा डेलिभरी गरेमा, वा
(घ) दफा ३ को देहायका (क), (ख) वा (ग) मा लेखिए बमोजिम चिट्ठीहरु हुलाक बाहेक अर्कै साधनबाट पठाउन जम्मा गरेमा ।
(२) कुनै व्यक्तिले यस दफा अन्तर्गत सजाय हुने कसूरको प्रमाणित भैसकेपछि फेरी पनि सोही कसूर गरेमा, निजलाई त्यस्तो प्रत्येक कसूर वापत ने.रु. पचाससम्म जरिवाना हुनेछ ।